मोरङमा आमा र बहिनीको कुटाइबाट एक जनाको मृत्यु

समाचार

विराटनगर, १३ मंसिर । कटहरी गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु भएको छ । 

मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया बातियो उराउबीच शनिबार साँझ घरायसी विवाद भएको थियो ।

विवादका क्रममा आमा बातियो र बहिनी ३० वर्षीया रिता उराउले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका थिए । उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिट गर्ने बातियो र रितालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ