बसले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

समाचार

कपिलवस्तु, १३ मंसिर । वाणगंगा नगरपालिका–७ बनगाईस्थित सकडमा लु.२ ख ५८२२ नम्बरको बसले लु.७८ प ६१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

बसले आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने २१ वर्षीय मनोज थारूको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको एडमन्ट सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय संजय थारूको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ