करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

समाचार

रुपन्देही, १३ मंसिर । बुटवल उपमहानगरपालिका–४ स्थित सोही उपमहानगरपालिकाको निर्माणाधिन भवनमा बिद्युतको पोलबाट लाईन बिस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी अर्घाखाँची सन्धिखर्क नगरपालिका–१ घर भएका ४७ वर्षीय बसन्त भुषालको आइतबार दिउँसो मृत्यु भएको हो । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर घाइते भएका सोही निर्माणधिन भबनमा काम गर्ने रुपन्देही सम्मरीमाई गाउँपालिका घर भएका २८ वर्षीय जितेन्द्र लोध लगायत २ जनालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ