एमाले नेतृत्वमा मधेशीको सहभागिताका लागि सचिवमा मेरो उम्मेद्वारी : रघुवीर महासेठ

समाचार

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले)को जारी १०औं महाधिवेशनमा रघुवीर महासेठले उम्मेद्वारी घोषणा गरेका छन् । उनले एमाले नेतृत्वमा मधेशीको सहभागिताका लागि आफूले प्रतिस्पर्धा गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘नेतृत्व चयनको यो महत्वपूर्ण घडिमा देशको मुहारसँग एमालेको मुहार मिल्नु आवश्यक छ । जसरी देशभित्र हिमाल, पहाड र तराई मधेश छ । एमाले पनि यी सबै क्षेत्रको साझा पार्टी बन्नुपर्छ । त्यसका लागी त्यहाँका जनताको भावना समेत कदर हुनेगरि नेतृत्वमा प्रतिनिधित्व हुन आवश्यक छ ।’

‘म समावेशी गणतन्त्रलाई परिपक्व बनाउने देशको अभियानमा एमालेका नेता कार्यकर्ताहरूले विवेकपूर्ण निर्णय लिनेमा विश्वस्त छु । यही मान्यता बमोजिम मैले सिंगो तराई मधेशको पनि पार्टी नेतृत्वमा सहभागिताको आवश्यकता महसुस गरि सचिव पदमा प्रतिस्पर्धा गर्ने निर्णय लिएको छु ।’उनले भनेका छन् ।

उनले भने, ‘पार्टीको निर्णायक तहमा सिंगो देशको तस्वीर झल्किनुपर्छ भन्ने मेरो मान्यतामा यहाँहरू सबैको समर्थन हुने अपेक्षा सहित मतदानका लागि हार्दिक निवेदन गर्दछु ।’ 

उनले भनेका छन्, ‘प्रिय कमरेडहरू अभिवादन । हामी, हाम्रो प्रिय पार्टी नेकपा एमालेको दशौँ महाधिवेशनमा छौ । दशौँ महाधिवेसन हाम्रो पार्टीको जीवनका लागि मात्रै होइन सिंगो देशको जीवनका लागि पनि निकै महत्वपूर्ण रहेको छ । हाम्रो पार्टी एमाले आज चौतर्फी आक्रमणको घेराबन्दीमा छ भने देश अस्थिरताको भुमरीमा । 

दशौँ महाधिवेसनले आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्नेछ । यो निर्णायक कार्यका लागि देशभरबाट आएका प्रिय प्रतिनिधि कमरेडहरूले पार्टी र देशको जीवनमा आएको यो सङ्कटलाई मध्यनजर गर्दै आफ्नो विवेक प्रयोग गर्नु हुनेछ । हामी हाम्रो देशलाई समावेशी गणतन्त्रको रुपमा विकास गर्ने अभियानमा छौ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ