एमालेको १०औं महाधिवेशन : प्रभु साह निर्विरोध केन्द्रीय सदस्य

समाचार

चितवन, १३ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सूचना अनुसार प्रदेश २ बाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रीय कमिटीमा विजयी भएका हुन् । 

प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रीय सदस्य चयन हुने भएका हुन् ।

प्रदेश–२ बाट  पूर्व माओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटावाट केन्द्रिय कमिटीमा पुग्ने भएका छन भने महिला कोटावाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ