चुनावी योजना बनाउन लोसपा प्रदेश सांसद कुर्मीको निर्देशन

समाचार

वीरगन्ज, १४ मंसिर । लोकतान्त्रिक समाजावादी पार्टी नेपालद्वारा पर्सामा चुनाव प्रचार प्रसारमा सांसद सहितका टोलीले संयुक्त रुपमा कार्यकर्ताहरुलाई सशक्त चुनावी योजना बनाउन निर्देशन दिएको छ ।

पार्टीको शपथ ग्रहण तथा पदस्थापना समारोहमा प्रदेश नं.२ का सांसद रमेश प्रसाद कुर्मीले यसपालिको आउने निर्वाचनका लागि कार्यकर्ताहरुबीच तीव्र अभ्यास अभियानहरुको थालनी गरेका हुन् । 

आउने चुनावमा पार्टीले भाग लिइ प्रतिस्पर्धामा ओर्लिने पार्टीको धारणा भएको सांसद कुर्मीले बताए । यसपालिको निर्वाचनमा ठूलै पार्टीहरुसँग प्रतिस्पर्धा हुने भएकोले पार्टीलाई चुस्तदुरुस्त बनाई स्वच्छ छवीका कार्यकर्ताहरु निर्माण गर्न कार्यक्रममा आएका महिला तथा पुरुष कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । 

वीरगंजको होटल कुमुस प्यालेसमा आयोजित कार्यक्रममा सांसद रमेश प्रसाद कुर्मी, प्रह्लाद गिरी, केन्द्रीय सदस्य शशी कपुर मियाँ, जिल्ला अध्यक्ष पुरुषोत्तम झा, नगर अध्यक्ष ओमप्रकाश, उपाध्यक्ष शेख फिरोज, पार्टीका महिला नेतृ मुन्नी श्रीवास्तव, रम्भा मिश्रा, मालती कुशुवाहा, उषा श्रीवास्तव, पार्टी नेता देवानन्द यादवलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन नगर सचीव विकास चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ