हिन्दू परिषद्ले मनायो सातौं स्थापना दिवस

समाचार

काठमाडौं, १४ मंसिर । हिन्दू परिषद् नेपालले सातौं स्थापना दिवस मनाएको छ । उपत्यका कमिटीद्वारा संघीय राजधानीस्थित मधेश मिडिया हाउसमा स्थापना दिवसको अवसरमा चियापान समारोह सम्पन्न गरिएको छ । 

उपत्यका कमिटी सचिव अनिल यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश न.२ का पूर्वप्रमुख डा.राजेश अहिराज, विश्व ओमकार एकता महाअभियान केन्द्रिय प्रमुख संयोजक डा. चिन्तामणि योगी, नेपाल सनातन धर्म संस्कृति संगठनको केन्द्रीय अध्यक्ष पुष्पराज पुरुष, संयुक्त जनआन्दोलन मोर्चाका केन्द्रिय अध्यक्ष तारानाथ लुइटेल, विश्व हिन्दू महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खरालको उपस्थिति रहेको थियो ।

यसैगरी, हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, सनातन संस्कृति समाज नेपालका केन्द्रिय महासचिव पुष्पराज पराजुली, मधेशी नागरिक समाजका केन्द्रीय अध्यक्ष गणेश मण्डल, मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंह, नेपाल विश्व हिन्दू महासंघ प्रदेश न.२ का कोषाध्यक्ष नीलू महतोको सहभागिता रहेको थियो ।

संचार उद्यमी कमल नेपाल,युवानेता राकेश सोब,हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष सुनीता रौनियार,केन्द्रिय सदस्यहरु उपेन्द्र झा,पिंकी महासेठ, मनोज राउत,केन्द्रिय सल्लहकार महेन्द्र चौधरी, उपेन्द्र सिंह लगाएतकाले शुभकामना मंतब्य ब्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ