मधेश प्रदेशमा राष्ट्रियसभाको मतदान सम्पन्न, ६ जनप्रतिनिधि अनुपस्थित

समाचार

जनकपुरधाम, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा मतदान सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत पुष्पा झाका अनुसार बुधबार भएको निर्वाचनमा ६ मतदाता अर्थात् जनप्रतिनिधि अनुपस्थित रहे । प्रदेशमा ३६६ जनाले मतदान गरेका हुन् । यहाँ कुल मतदाता संख्या ३७२ रहेको छ ।

मधेश प्रदेशमा राष्ट्रियसभाका दुई सिटका लागि निर्वाचन भएको हो । बिहान साढे १० बजेदेखि जनकपुरस्थित महेन्द्रनरायण निधि भवनमा सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो ।

यहाँ दुई पदका लागि चारजनाको उमेदवारी परेको छ । सत्ता गठबन्धनका तर्फबाट पाँच दलका संयुक्त उमेदवारका रूपमा निर्मला अर्याल र खालिद् सिद्दिकी छन् । अर्याल नेकपा (माओवादी केन्द्र)का हुन् भने सिद्दिकी जनता समाजवादी पार्टी (जसपा)का हुन् ।

यस्तै, सुरुमा छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि गठबन्धन गरेका छन् । यही माघ ६ गते दुवै दलका प्रदेश अध्यक्षले संयुक्त उमेदवारका रूपमा रूपा यादव र उसमान अन्सारीको नाम सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ