जनमतद्वारा मधेश प्रदेश सरकारलाई ११बुँदे ज्ञापन

समाचार

जनकपुरधाम, १२ माघ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारलाई किसान आन्दोलनका ११ बुँदे मागहरुसहित ज्ञापनपत्र बुझाएको छ ।

बुधबार जनमत पार्टीका उपाध्यक्ष ई.बसन्त कुशवाहाको नेतृत्वमा मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनत्र बुझाइएको हो ।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद्य र बीउको व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने, सिंचाइको व्यवस्था गर्नुपर्ने, नसके सिंचाइ बिजुली निःशुल्क गर्नुपर्ने, बेमौसमी हावाहुरी र वर्षाले भएको बालीनाली क्षति वापत राहत दिनुपर्ने, फसलको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने मागहरु ज्ञापनपत्रमा राखिएको छ ।

यस्तै, किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसानको लागि पनि पेन्सनको व्यवस्था गर्नुपर्ने, स्वतः बालीनाली बीमा हुने सुनिश्चितता गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुठा मुद्दा खारिज गर्नुपर्ने र गिरफ्तार आन्दोलनकारीहरुलाई निःशर्त रिहा गरी मुद्दा खारिज गर्नुपर्ने माग जनमतले प्रदेश सरकारसँग गरेको उपाध्यक्ष कुशवाहाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ