प्रदेश १ मा गठबन्धनबाट जसपालाई धोका

समाचार

काठमाडौं, १२ माघ । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीसँग धोका भएको छ । गठबन्धनकै अन्य दलहरुले जसपासँग धोकाको राजनीति गरेको हो ।

राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् ।

गठबन्धनको अन्तर्घातका कारण जसपाका उम्मेद्बार राईलाई एमालेका उम्मेदवार सोनम ग्याल्जेन शेर्पा ३८४ मतान्तरले विजयी भएका हुन् ।

एमालेका शेर्पाले ४७५२ मतभार पाए भने गठबन्धनबाट उम्मेद्वार बनेका राईले ४ हजार ३६८ मतभार पाए ।  

यता, गठबन्धनकै अर्का उम्मेद्वार अर्को सिटमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले जितेकी छन् । 

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ