जमुनाहा नाका बन्द

समाचार

नेपालगञ्ज, २९ बैशाख । नेपालगञ्ज नाका मंगलबार राति १२ बजेदेखि सील गरिएको छ । चुनावलाई मध्यनजर गर्दै नाका सील गरिएको हो ।

भारतीय प्रहरीले नेपाली नागरिकता भएकालाई नेपालतर्फ आउन दिइरहेको छ । नेपाल प्रहरीले आधारकार्ड भएका व्यक्तिलाई भारततर्फ जान दिएको छ । अलपत्र परेका व्यक्तिलाई आउन र जान दिने भनिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नाका सील भएको थाहा नपाएर नाकामा आइपुगेका व्यक्तिलाई अलपत्र पर्न नदिइ आउन दिइने जानकारी दिए ।

नाका सील गरिएपछि सधैं भीडभाड रहने भन्सारतिर सुनसान भएको छ । वैशाख ३० गते १२ बजेसम्मलाई नाका सील गरिएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ