कैलाली, २९ बैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी कैलालीमा लगभग पुरा भएको छ ।
जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले अकर्मचारीलाई नियुक्ति पत्र दिई मतदान केन्द्रमा पठाइएको र मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत पुरा भएको बताए ।
कैलालीका सबै १३ पालिकाका २३६ मतदानस्थलमा व्यवस्था गरिएका ६१९ मतदान केन्द्रका लागि ६१९ मतदान अधिकृत र त्यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाइएको छ ।
पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र सो भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुुई सहायक कर्मचारी खटाउन लागिएको छ ।
सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाइएको छ । जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको छ ।
तपाईको प्रतिक्रिया