पर्सामा शान्ति सुरक्षा कडाइ

समाचार

पर्सा, २९ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी वीरगञ्जमा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको छ ।

मतदानस्थलको सुरक्षामा थप सुरक्षाकर्मीको आवश्यकता परे तत्कालै थप सुरक्षा सुरक्षाकर्मी उक्त स्थानमा पुग्नसक्ने गरी मतदानस्थलमा सुरक्षाको व्यवस्थापन मिलाइएको हो ।

जिल्लाभर कूल ३०३ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यता असहाय, अशक्त, वृद्धवृद्धा, अपाङ्गताका लागि मतदान गर्न उचित व्यवस्थापन गर्ने जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ ।

यसैगरी, निर्वाचनलाई भयरहित शान्ति सुरक्षितरूपमा सम्पन्न गर्न तयारी भएको बताइएको छ । मतदानपछि मत गणनास्थललाई सुरक्षित राख्न तारजालीको प्रयोग गरी आवश्यकता अनुसार सिसी टिभीसमेत जडान गरिएको हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ