शोभावतीको स्थानमा कांग्रेसले रिताकुमारीलाई बनायो नयाँ उम्मेदवार, स्थगित निर्वाचन ३ गते हुने

समाचार

कपिलवस्तु, २९ बैशाख । महाराजगंज नगरपालिका उपमेयरमा नेपाली कांंग्रेसले रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट उपमेयरको उम्मेदवारी दिएकी निवर्तमान उपमेयर शोभावती कुर्मीको निधन भएको थियो ।

उनको ठाउँमा उनैकी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाइ निर्वाचन कार्यालय महाराजगंजमा उम्मेदवारी दर्ता गराइएको नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले बताए ।

शोभावती कुर्मीको निधनपछि निर्वाचनको मिति स्थगित गरी अर्को सूचना जारी गरी मतदानको मिति जेठ ३ गतेलाई तोकिएको महाराजंगज नगरपालिकाका निर्वाचन अधिकृत कुवेर पाण्डेयले बताए ।

रिताकुमारी २८ वर्षीया महिला हुन् । उनले अनमी अध्ययन गरी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा काम गर्दे आएकी छिन् । उम्मेदवारी दिएपछि कुर्मीले सासुका अधुरा सपना साकार पार्नुका साथै नगरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा विकासका काम गर्ने योजना रहेको बताइन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ