घण्टौं लाइनमा बसेर मधेश प्रदेशका पूर्वप्रदेश प्रमुखले गरे मतदान

समाचार

रौतहट, ३० बैशाख । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख, राजनीतिक विश्लेषक एवं मधेश मामिला जानकार डा.राजेश अहिराजले घण्टौं लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

डा.अहिजारज आफ्नो गृहनगर रौतहट जिल्लाको गढीमाइ नगरपालिका वडा नं.४ स्थित गढिमाइ आधारभुत प्राथमिक विद्यालय सुन्दरपुरमा रहेको मतदान केन्द्रमा सर्वसाधारणकै लाइनमा बसेर मतदान गरेका छन् ।

शुक्रबार करिब दुई घण्टा लाइनमा उभिएर उनले सर्वसाधारणझै मतदान गरेका हुन् ।

लाइनमा उभिएका पूर्वप्रदेश प्रमुख डा.अहिराजले सञ्चारकर्मीको जिज्ञासामा भिआइपि लाइनमा नबस्ने बताउँदै यो राम्रो अभ्यास नरहेको प्रतिक्रिया दिए ।

पूर्वप्रदेश प्रमुख डा.अहिराज आफू कक्षा ५ सम्म पढेको प्राथमिक विद्यालयबाट आफ्नो मताधिकारको प्रयोग गर्दै मतदान गरेका हुन् ।

मधेश प्रदेशमा डा.अहिराजको कार्यकाल सानो भएपनि सर्वाधिक चर्चा र लोकप्रियता बटुलेका थिए । उनले प्रदेश प्रमुख एउटा सेरोमोनियलभन्दा पनि जनतासँग प्रत्यक्ष भेटघाट, सम्वाद र सुखदुखका बारे दिनहुँ चासो राखेका थिए ।

साथै, उनले आफ्नो कार्यकालमा निजी सचिवालय राखेका थिएन भने पदमुक्त हुने बखतदेखि नै सम्पूर्ण सुविधा अर्थात् सुरक्षाकर्मी लगायतलाई फिर्ता पठाएका थिए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ