महोत्तरीको रामगोपालपुरमा एमाले विजयी

समाचार

महोत्तरी, ४ जेठ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका छन् । प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी भएका हुन् ।

प्रमुख पदमा विजयी साहले पाँच हजार ३४९ मत प्राप्त छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अशोककुमार मण्डलले तीन हजार ५८६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा निर्वाचित यादवले चार हजार २६३ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पादेवी कुशवाहाले तीन हजार ४०३ मत प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ