धनुषाका १८ वटै पालिकाका प्रमुखहरूले सपथ लिए

समाचार

जनकपुरधाम, १० जेठ । । धनुषाका नवनिर्वाचित स्थानीय तहका प्रमुखहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिकामा धनुषाका १८ वटै पालिकाका प्रमुखहरूलाई न्यायाधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

सपथ लिनेमा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साह, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, गणेशमान चारनाथ नगरपालिकाका मेयर जितनारायण यादव, धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल, मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्रप्रसाद यादव, सबैला नगरपालिकाका मेयर कारीराम यादव, शहीदनगर नगरपालिकाका मेयर दिनेशप्रसाद यादव, कमला नगरपालिकाका मेयर विशेश्वर यादव, विदेह नगरपालिकाका मेयर बेचन दास, हँसपुर नगरपालिकाका मेयर प्रदीप यादव र नगराइन नगरपालिकाका मेयर विनय यादवले सपथ लिएका छन् ।

त्यस्तै, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साह, जनकनन्दनी गाउँपालिकाका अध्यक्ष विपिनदेव यादव, मुखियापट्टी मुसहरनीयाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, बटेश्वर गाउँपालिकाका रामअशिष महतो, औरही गाउँपालिकाका अध्यक्ष उमाशंकरप्रसाद साह र लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले सपथ लिएका छन् ।

उनीहरूलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ ले गरेको व्यवस्था अनुसार सपथ ग्रहण गराइएको हो । धनुषामा एक उपमहानगर, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिकाका रहेका छन् ।

 

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ