सर्लाही, १० जेठ । सर्लाहीको लालबन्दीमा लागूऔषध गाँजासहित ६ जना पक्राउ परेका छन् ।
मंगलबार बिहान लालबन्दी नगरपालिका–१३ पत्थरकोटमा २ सय ३७ किलो गाँजासहित ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१३ पत्थरकोटका ३८ वर्षीय कान्छा मान थिङ, उनकै छोरा १९ वर्षीय बिशाल थिङ र १८ वर्षीय किशोर, सोही नगरपालिका–१४ मोटर दोभान बस्ने २१ वर्षीय राज बम्जन, सोही नगरपालिका–१३ का १७ वर्षीय किशोर र सोही नगरपालिका–१३ बस्ने २० वर्षीय सुनिल दोङ छन् ।
स्थानीय कान्छा मानको घरमा गाँजा भेटिएको हो ।
तपाईको प्रतिक्रिया