महोत्तरीमा तीन÷तीन पालिका प्रमुख र उपप्रमुख दोस्रो कार्यकालका लागि निर्वाचित

समाचार

राकेश प्रसाद चौधरी, जलेश्वर, १० जेठ । महोत्तरी जिल्लाको १५ पालिकामध्ये तीनवटा पालिका प्रमुख तथा तीनवटा पालिकाका उपप्रमुख दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

चुनावी मैदानमा उत्रिएका १२ पालिका प्रमुखमध्ये मटिहानी, लोहारपट्टि तथा भंगहा नगरपालिकाका प्रमुखहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

लोकतान्त्तिक समाजवादी पार्टीबाट मटिहानी नगरपालिकाको प्रमुखमा हरि प्रसाद मण्डलले ४००३ मत ल्याई बिजयी भए भने प्रतिस्पधामा निकटतम जनता समाजवादी पार्टीका मो.मोजिबुल रहमानले २६७४ मत ल्याएका थिए ।

सोही पार्टीबाट भंगहा नगरपालिकाको प्रमुखमा संजीव कुमार साहले ५६१७ मत ल्याई बिजयी भए भने प्रतिस्पर्धामा निकटतम नेपाली काँग्रेस पार्टीका विजय मण्डलले ५३५४ मत ल्याएका थिए ।

लोहारपट्टि नगरपालिकाका शैलेन्द्र कुमार यादवले ५४२९ मत ल्याई दोस्रो कार्यकालका लागि निर्वाचित भए भने प्रतिस्पर्धामा निकटतम लोकतान्त्रिक समाजवादी पार्टीका राम सुहाग यादवले ४६७५ मत ल्याएका थिए ।

त्यस्तै निवर्तमान ९ जना पालिका उपप्रमुखहरु चुनावी मैदानमा दोस्रो कार्यकालका लागि उत्रिएकी थिइन् । जसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीकी रेणु झाले औरही नगरपालिकाको उपप्रमुखमा ५८०८ मत ल्याए भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी रेखा यादवले ५६०५ मत ल्याएकी थिइन् ।

लोहारपट्टि नगरपालिकाकी उपप्रमुखमा ५२८१ मत ल्याई सरिता शर्मा दोस्रो कार्यकालका लागि निर्वाचित भइन् भने प्रतिस्पर्धामा निकटतम लोकतान्त्रिक समाजवादी पार्टीकी वहिदा खातुनको निकटतम ४१४३ मत रहेको थियो ।

एकडारा गाउँपालिकाकी उपाध्यक्षमा जनता समाजवादी पार्टीबाट ४६७१ मत ल्याई मजहवी खातुन दोस्रो कार्यकालमा निर्वाचित भइन् भने प्रतिस्पर्धी निकटतम लोकतान्त्रिक समाजवादी पार्टीकी रौकसाना खातुनले २०७६ मत ल्याएकी थिइन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ