पेट्रोलियमको ‘करदर’ घटाएर जनतालाई राहत दिनुपर्छ : अध्यक्ष डा. दत्त

समाचार

काठमाडौँ, १० जेठ । मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धिप्रति असन्तुष्टि जनाएका छन् ।

आयोगका अध्यक्ष डा. दत्तले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिप्रति असन्तुष्टि जनाएका हुन् । उनले पेट्रोलियम पदार्थमा लिने गरिएको करको दर घटाएर जनतालाई राहत दिनुपर्ने पनि माग गरेका छन् ।

प्रतिलिटर पेट्रोलमा सरकारले ६३ रुपैयाँ कर लिने गरेको भन्दै करको दर घटाएर जनतालाई राहत दिनुपर्ने उनको माग छ । अध्यक्ष दत्तले ग्याँसको मूल्य पनि तत्काल घटाउन माग गरेका छन् ।

डा. दत्तले लेखेका छन्, ‘१ लिटर पेट्रोलमा ६३ रुपैयाँ कर सरकारले लिने गरेको छ । करको ‘करदर’ घटाएर जनतालाई राहत दिनुपर्छ ! ग्याँसको मूल्य तत्काल नै घटाउनुपर्ने ! जवाफदेहिता ?’

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ