मैले शपथ ग्रहण गरेको २४ घण्टाभित्र जनताले परिवर्तनको आाभाष गर्नेछन् : नवनिर्वाचित मेयर राजेशमान

समाचार

वीरगन्ज, १० जेठ । मधेश प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले आफूले शपथ ग्रहण गरेको २४ घण्टाभित्र वीरगन्जवासीले परिवर्तनको आभाष गर्ने बताएका छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार सिंह निर्वाचित भएपश्चात् प्रमाणपत्र ग्रहण गर्दै सञ्चारकर्मीहरुको जिज्ञासामा यस्तो दाबी गरेका हुन् ।

उनले वीरगन्जवासीका समस्याहरु समाधान गर्ने गरी पहिलो निर्णय हुनेसमेत उनले बताएका हुन् ।

वीरगन्जवासीहरुको दैनिकीसँग जोडिएका मुख्य समस्याहरु नै पहिलो प्राथमिकता हुने उनले बताए । उनले वीरगन्जवासीको दैनिकीमा निश्चितरुपमा परिवर्तन हुने ठोकुवा गरेका हुन् ।

सिंहले पार्टीभन्दा पनि माथि उठेर जायजलाई जायज र नाजायजलाई नाजायज भन्ने र त्यस कानूनी दायरामा ल्याउने बताए ।

उनले आफूले चुनावताका गरेका प्रतिबद्धताहरु पूरा गर्ने र त्यसभन्दा बढी नै काम गरेर देखाउने विश्वास दिलाएका छन् ।

उनले आफूलाई आफ्नो दिने वीरगन्जवासीलाई सहित प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई विशेष धन्यवाद ज्ञापन गरेका हुन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ