भारत सरकारको अनुदान सहयोगमा पोखरामा निर्मित विद्यालय भवन उद्घाटन

समाचार

काठमाडौं, १० जेठ । छिमेकी मित्रराष्ट्र भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन भएको छ ।

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले मंगलबार कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी छन् ।

यो माध्यमिक विद्यालय कास्की जिल्लाको एक पुरानो विद्यालय हो । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेरु ३ करोड ६३ लाखको लागतमा यस विद्यालय भवनको निर्माण भएको हो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ