डा. राय र मिश्र राजदूतका लागि अनुमोदित

समाचार

काठमाडौँ, १० जेठ । संसदीय सुनुवाइ समितिले प्रा.डा. रामस्वार्थ रायलाई डेनमार्कको राजदूतका लागि सर्वसम्मत् अनुमोदन गरेको छ ।

समितिको मंगलबार बसेको बैठकले डनमार्कका लागि प्रस्तावित प्रा. डा. रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

त्यस्तै, वासुदेव मिश्र श्रीलंकाको राजदूतका लागि अनुमोदित भएका छन् ।

यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको थियो । तर, प्रस्तावित राय र मिश्रविरुद्ध उजुरी परेकाले अनुमोदन गर्न सकेको थिएन ।

मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकाले समितिले सर्वसम्मत नाम अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ