सिकाइको समावेशी ढाँचा शिक्षक तालिम सम्पन्न

समाचार

सर्लाही, ८ असार । युनिसेफले भरकर प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्व जनसंख्याको २४० मिलियनभन्दा बढी बालबालिकामा कुनै न कुनै प्रकारको अपांगता रहेको देखाएको छ र जसको ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशमा रहेका छन् ।

२५% भन्दा बढी बालबालिका विद्यालय शिक्षासम्मको पहुँचमै छैनन् साथै भएका मध्ये पनि ४१% ले शिक्षामा विभेदको अनुभव गरेका छन् । ५१% भन्दा बढी बालबालिकाले शिक्षामा समावेशी नभएको धारणा राखेको तथ्य समेत सार्वजनिक गरेको छ ।

उपरोक्त तथ्यको मुख्य कारण भनेको शिक्षामा समावेशीकरण नहुनु र विद्यालय शिक्षा अपांगता मैत्री नभएको शिक्षामा धारणागत, भौतिक र संस्थागत अवरोध रहेको जनगुनासो सर्वत्र सुन्नमा आउँछ ।

अपांगता असक्षमता होइन र सबै बालबालिकाले सिक्न सक्दछन् तर शिक्षामा रहेका अवरोध हटाउने र अवसरको सिर्जना गर्ने कुरा महत्वपूर्ण पक्ष हो ।

सिकाईको समावेशी ढांचालाई व्यवहारमा उतार्न सके ८० प्रतिशतभन्दा बढी बालबालिकाले एउटै कक्षाकोठा भित्रको वातावरणमा समानस्तरको सिकाइ उपलब्धि हासिल गर्न सक्दछन् भन्ने तथ्य पनि विभिन्न प्रतिवेदनले औल्याएका छन् ।

सिकाईको समावेशी ढांचाको अबधारणा, रणनीति, विधि, प्रक्रिया र प्रविधि समेतलाई समेटर मधेश प्रदेशको बारा जिल्ल्लाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रमा सिकाइको समावेशी ढाँचा सम्बन्धी तीनदिने शिक्षक तालिम सम्पन्न भएको छ ।

विश्व शिक्षा नेपालको आर्थिक तथा प्राविधिक साझेदारीमा प्रेरणा नेपाल र शिक्षा तालिम केन्द्रको साझेदारीमा जेष्ठ ३१ देखि असार २ गतेसम्म आयोजना गरिएको तालिममा रौतहट जिल्लाका १३ सामुदायिक विद्यालयहरुका प्रारम्भिक कक्षामा अध्यापन गर्ने शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।

नेपालमा पहुँचयुक्त शैक्षिक प्रबिधिको विस्तार – लर्न परियोजना अन्तर्गत प्रारम्भिक कक्षा शिक्षकलाई अपांगता भएका, अल्पसंख्याक, सीमान्तकृत र भाषागत कठिनाइ भएका बालबालिकालाइ समावेश गरि मूलधारका कक्षाकोठामा पढाउने विधि, प्रक्रिया र प्रविधिको बारेमा पहिलो चरणको तालिम सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा अपाङ्गता र समावेशी शिक्षा,, सिकाइको समावेशी ढाँचा, प्रारम्भिक पहिचान र वैयक्तिक शैक्षिक योजना, सिकाइका सामग्री, शिक्षामा प्रविधिको प्रयोग लगायतका विषयवस्तुमा तालिम प्रदान गरिएको थियो ।

तालिम अपांगता लगायत अन्य बालबालिकाको सिकाई उपलब्धि हासिलगर्नमा सहयोगी सिद्द हुने तालिम प्रक्षिक तथा बिस्व शिक्षाका कार्यक्रम प्रबन्धक पदम महरले उल्लेख गरेका थिए ।

यस तालिमबाट विद्यालयको कक्षाकोठामा शिक्षण सिकाइ प्रक्रियामा नविनता ल्याउन, अवरोध न्यूनीकरण गर्न र अवसर प्रदान गर्न नविनतम् विधि सिकेको र जसले आगामी दिनमा विद्यार्थीको सिकाइ स्तरोन्नति हुने विश्वास सहभागीहरुले जनाए ।

यसपश्चात् मधेश प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लामा पनि सो तालिम संचालन हुने प्रेरणाका परियोजना संयोजक जगदीश बन्ठाले बताए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ