मनसुनजन्य विपद् घटनामा आधारित बाहिनीस्तरीय कृत्रिम घटना अभ्यास

समाचार

रौतहट, ८ असार । सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी महोत्तरीको आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर न.पा. – १ नुनथरस्थित वागमती नदीमा मनसुनजन्य विपद् घटनामा आधारित बाहिनीस्तरीय पूर्व तयारीमा आधारित कृत्रिम घटना अभ्यास (सिमुलेशन) को प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा गृह तथा संचार मन्त्रालयका सचिव राम कुमार महतो, नेपाली सेना नं.२७ वाहिनी सिरहाका बाहिनीपति सहायक रथि भरत चन्द्र गुरुङ, नेपाल प्रहरीका प्र.ना.म.नि. मसउत आलम खाँ, स.प्र.बल नेपाल नं.२ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति स.प्र.ना.म.नि. गणेश व. ठाडामगर, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालयका अनुसन्धान निर्देशक ओम कुमार जोशी, स.प्र.बल, नेपाल नं.२ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका सहायक वाहिनीपति का.म.स.प्र.व.उ. विष्णु प्रसाद भट्ट, मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्ले, पत्रकार वर्गहरु लगायत अन्दाजी ३०० जनाको उपस्थितिमा उक्त अभ्यास÷ डेमोस्ट्रेशन कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी, सशस्त्र प्रहरी वल, नेपाल नं.२ छिन्नमस्ताः बाहिनी मुख्यालय महोत्तरीवाट सशस्त्र प्रहरी निरीक्षक तुला वहादुर चौधरी सहित स.प्र.बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत गणहरुबाट विपद् व्यवस्थापन तालिम प्राप्त ८२ जना सशस्त्र प्रहरी कर्मचारीहरुले विपद् उद्दारसँग सम्बन्धित राफ्ट प्याण्डल कमाण्ड. ड्राई रेस्क्यु विधि, स्लिदरिङ्ग रेस्क्यु, रोप रेस्क्यु. राफ्ट बोट रेस्क्यु, (ओबीएम रेस्क्यु, अण्डर वाटर रेस्क्यु र हाई एङ्गल तुईन रोप रेस्क्यू को डेमोस्ट्रेशन तथा प्रोभाईज्ड साधनको प्रयोग गरी उद्दार गर्ने तरिकाहरु प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि गृह तथा संचार मन्त्री माननिय भरत प्रसाद साहज्यू, नगर प्रमुखज्युहरु, छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति गणेश व. ठाडा मगरज्य र सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विपद् व्यवस्थापन र उद्दार, पूर्व तयारी र डेमोस्ट्रेशन अन्याराको उपादयता र महत्वबारे आ– आफ्नो विचारहरु व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ