काठमाडौँ, ८ असार । धनुषाा जिल्ला प्रशासन कार्यालयका तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसाको स्रोत नखुलेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
झाले आफूले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी मीनादेवी झा, छोराहरू दिवाकरकुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा समेत राखेको आयोगले जनाएको छ ।
सो रकम जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई समेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया