पेट्रोलियममा गरिएको मूल्यवृद्धिको विरोधमा जनमत पार्टीद्वारा प्रदर्शन

समाचार

जनकपुरधाम, ८ असार । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन भएको छ । बुधबार जनमत पार्टीका नेत तथा कार्यकर्ताले जनकपुरधामका विरोध जुलुस निकालेका हुन् ।

जनमत पार्टी धनुषाका नवनियुक्त जिल्ला इन्चार्ज संजय साहको नेतृत्वमा मिल्स एरियाबाट निकालिएको र्‍याली नगरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।

त्यसक्रममा जनमत पार्टीका नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरूले सरकारले जनतालाई पीडा दिने काम मात्र गरेको आरोप पनि लगाएका छन् ।

जनकपुरधामको मुल्स एरियाबाट सुरु गरिएको बिरोध र्याली भानु चौकमा आएर करिब अधा घण्टा बिच चौकमै बसेर बिरोध प्रदर्शन गरेका हुन।

 

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ