ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

समाचार

पर्सा, १० असार । वीरगंज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।

ना.७ ख १२८५ नम्बरको ट्रकले ना.५३ प १६११ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका–१४ बस्ने ३० वर्षीय मुक्ती तिवारीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक वीरगंज महानगरपालिका–१५ बस्ने ६५ वर्षीय हरेन्द्र झाको अवस्था मध्यम रहेको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ