पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाइयो

समाचार

काठमाडौँ, ११ असार । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

शनिबार बसेको मन्त्री परिषद् बैठकले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।

मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।

घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियो ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ