शुद्धोधनको बजेट ५३ करोड ९० लाख

समाचार

कपिलवस्तु, ११ असार । शुद्धोधन गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० को लागि ५३ करोड ९० लाख २२ हजार बराबरको बजेट विनियोजन गरेको छ ।

सातौं गाउंसभामा उपाध्यक्ष होम प्रकाश चौधरी कुर्मीले उक्त बरारबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सो मध्ये चालु प्रशासनीक खर्च ९ करोड पुजिंगत खर्च २२ करोड ९६ लख २२ हजार र विक्तिय व्यवस्था अर्थात सशर्त अनुदान २१ करोड ९४ लाख रहेको छ ।

सो अवसरमा गाउंपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे नीति तथा कार्यक्रम सर्वसम्मतले पास भएको छ ।

अध्यक्ष चौधरीले मावि तहमा अध्यननरन छात्राहरुको लागी निशुल्क साइकल वितरण, गर्भवती सुत्केरी महिलाहरुलाई अध्यक्ष कोशेली कार्यक्रम जस्ता कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

साथै अध्यक्ष चौधरीले कृषि,पशु,स्वास्थ्य शिक्षा, वन वातावरण, पर्यटन जस्ता क्षेत्रमा पनि उल्लेखनिय नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

प्रशासन शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेको संचालनमा सम्पन्न सभामा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले पेश गरेका विभिन्न निर्णय पारित गर्दौ सभा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ