नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौँ आइपुगे

समाचार

काठमाडौँ, ११ असार । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आज काठमाडौँ आइपुगेका छन् । 

काठमाडौँ आउनु अघि उनी नयाँ दिल्लीमा चीन, जापान , कोरिया र मङ्गोलियI मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखका रूपमा कार्यरत थिए ।

उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए । 

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूत भइसकेका छन् । साथै वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेको अनुभव उनीसँग छ । 

श्रीवास्तव करियर कूटनीतिज्ञ हुन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ