कपिलवस्तु मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

समाचार

कपिलवस्तु, १८ साउन । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुई जनाको ज्यान गएको छ ।

बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु ६४ प ५७६२ नंका मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले जानकारी दिए ।

दुर्घटनाबाट मोटरसाइकल चालक बाणगङ्गा–२ निवासी २५ वर्षीय रमेश विक र २७ वर्षीय गोपाल विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ