सप्तरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

समाचार

सप्तरी, १८ साउन । जिल्लाको कंचनरूप नगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

कंचनरूप नगरपालिका–६ घोघनपुर बस्ने २० वर्षीया अञ्जली सरदार र उनकै काका ससुरा मधु भन्ने ४० वर्षीय सौदानन्द सरदारको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको कलमा जडान रहेको मोटर चलाउने क्रममा अञ्जलीलाई करेन्ट लागेको देखि सौदानन्दले बचाउन जाँदा उनलाई समेत करेन्ट लाग्दा गम्भीर घाइते भएका उनीहरूको स्थानीय प्राथमिक स्वास्थ्य चौकी कंचनपुर सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ