काठमाडौं, १९ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेतृ रम्भा मिश्रा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृ मिश्रालाई खादा ओढाइ पार्टीको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका हुन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी वीरगन्ज महानगरपालिकाको उपमेयरका लागि स्वतन्त्र उम्मेद्वारी थिएकी थिइन् । लोसपाले टिकट नदिँदा उनले स्वतन्त्र उम्मेद्वारी दिएकी थिइन् ।
पार्टीले टिकट नदिँदा उनी लोसपाबाट अलग भएकी थिइन् । लोसपाले आफ्नो कार्यको उचित मूल्यांकन नगरेको आरोप लगाउँदे आएकी थिइन् ।
उनले यसअघि नै आफू लोसपाबाट अलग भएको मधेशवाणीसँगको अन्तर्वार्तामा भनेकी थिइन् ।
तपाईको प्रतिक्रिया