विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा लागे उमेश

समाचार

काठमाडौं, ४ असोज । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवा नेता उमेश यादव विद्यार्थी राजनीति परित्याग गरेका छन् ।

तत्कालीन तराई–मधेश लोकतान्त्रिक पार्टी, राजपा, जसपा हुँदै लोसपासम्म आइपुग्दा उनी अब आगामी दिनमा मूलधारको राजनीतिमा लागेका हुन् ।

तत्कालीन तमलोपा र राजपाको विद्यार्थी संगठनका महामन्त्रीको भूमिकामा रही विद्यार्थी आन्दोलनमा उनले योगदान पु¥याएका हुन् ।

हालै मात्र लोसपाले लोकतान्त्रिक विद्यार्थी संघलाई पूर्णता दिएको छ । लोविसंघको तपाइँको नाम किन परेन भन्ने प्रश्नमा यादवले भने, ‘मलाई पार्टी नेतृत्वले सोधेका थिए, तर मैले अब विद्यार्थी राजनीति गर्ने भनेको थिएँ ।’

उनी भन्छन्, ‘म अब मूलधारको राजनीतिलाई रोजेको छु । विगतमा मैले विद्यार्थी संगठनको पदाधिकारीमा बसेर काम गरिसकेको छु । अब हामीभन्दा जुनियरहरुले पनि मौका पाउनुपर्छ ।’

आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावमा उम्मेद्वारी दिने योजनामा नरहेको बताउँदै पार्टीका उम्मेद्वारलाई जिताउने अभियानमा लाग्ने उनले बताए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ