‘राष्ट्रपतिज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएन भने हामी आत्महत्या गर्न बाध्य हुन्छौं’

समाचार

काठमाडौं, ४ असोज । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै नागरिकताविहीन संघर्ष समितिले काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

नागरिकताविहीन युवाहरुले यदि राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अब आत्महत्या गर्ने बाहेक अन्य विकल्प नरहेको चेतावनी दिएका छन् ।

संघीय संसदको दुवै सदनबाट दुई–दुई पटक बहुमतले पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ ।

संविधानअनुसार राष्ट्रपति कार्यालय पुगेको १५ दिनभित्र राष्ट्रपति प्रमाणीकरण गर्नुपर्ने छ । आज १५औं दिन अर्थात् प्रमाणीकरण गर्नुपर्ने अन्तिम दिन हो ।

नागरिकताविहीन संघर्ष समितिका अध्यक्ष ई.इन्द्रजीत साफीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘मैले राष्ट्रपति कार्यालयमा फोन गरेको थिए कि आज नागरिकता विधेयक प्रमाणीकरण भएन भने आत्महत्या गर्ने बाहेक हामीसँग कुनै बाटो रहँदैन ।’

उनले राष्ट्रपतिले सकारात्मक कदम चाल्ने राष्ट्रपति कार्यालयबाट जवाफ आएको बताए ।

साफी भन्छन्, ‘हामीले विदेशीलाई नागरिकता दिनुपर्छ भन्ने पक्षमा छैनौं तर जसको आमा र बुवा नेपाली छन् भने उनका सन्तान कहाँको भनेर राष्ट्रपतिजीले भन्नुप¥यो ।’

नागरिकता नहुँदा आफूहरुको भविष्य नै अन्धकारमा पुगिसकेकोले अब पनि नागरिकता पाइएन भने बाँचेर के गर्ने भन्ने प्रश्न समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ