पोखरीमा डुबेर आमा छोराको मृत्यु

समाचार

कपिलबस्तु, ५ असोज । शुद्धोधन गाउँपालिका–२ कर्माहवामा पोखरीमा डुबेर आमा छोराको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने २२ वर्षीया रिमा यादव र उनकै ६ महिनाको छोराको आफ्नै घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेर बुधबार बिहान मृत्यु भएको हो ।

उनीहरूको पोखरीमा डुबेर मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडी र प्रहरी चौकी लबनीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ