सुनसरीमा चट्याङ लागेर दुई जनाको मृत्यु 

समाचार

सुनसरी, १२ असोज । देवानगंज गाउँपालिका–१ बस्ने ४५ वर्षीया रिता देवी यादव र देवानगंज गाउँपालिका–६ बस्ने ६० वर्षीय उदित चन्द्र यादवको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर बुधबार बिहान मृत्यु भएको छ ।

रिता देवीले भैंसीलाई पानी खुवाउने क्रममा र उदित चन्द्रले आफ्नै घरबाट करिब १ किलोमिटर टाढा खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ