माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

समाचार

कैलाली, १३ असोज । गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट राजिपुर र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ