पार्किङ गरी राखेको बसमा आगलागी

समाचार

पर्सा, १३ असोज । वीरगंज महानगरपालिका–१६ बसपार्कभित्र पार्किङ गरी राखेको ना.५ ख ४८९७ नम्बरको बसमा बिहीबार बिहान आगलागी हुँदा बस पूर्णरुपमा जलेर करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नगर प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ