पर्सा ४ (क) मा चौधरी विजयी

समाचार

वीरगंज, ६ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएका छन् ।

चौधरीले निकटतम् प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनका जयप्रकाश थारुलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

चौधरीले नेकपा एमाले पर्साका अध्यक्ष रहेका जयप्रकाश थारुलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन् ।

चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित भएका छन् भने थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ