पर्सा ४ (ख) मा जसपाका कलवार विजयी

समाचार

वीरगन्ज, ६ मंसिर । पर्सा क्षेत्र नम्बर ४ को ख बाट जनता समाजवादी पार्टी नेपालका सिंहासन साह कलवार निर्वाचित भएका छन् ।

कलवारले आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानुलाई फराकिलो अन्तरले पराजित गरेका हुन् ।

कलवार दोस्रो कार्यकालको लागि पुनः जसपाबाट निर्वाचित भएका छन् ।

कलवारले १५३८५ मत प्राप्त गरेका छ भने उनको निकटतम प्रतिद्वन्द्वी प्रह्लाद साह कानुले १२६४१ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ