डा.सीके राउतको जीत सुनिश्चित

समाचार

काठमाडौं, ७ मंसिर । प्रतिनिधिसभा तर्फ जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको जीत सुनिश्चित भएको छ ।

हालसम्म गणना भएको मत र डा.राउतले प्राप्त गरेको मतभार हेर्दा उनको विजय सुनिश्चित देखिएको हो ।

समाचार तयार गरिरहँदासम्म डा.राउतले २९२७२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले १४६०२ मत प्राप्त गरेका छन् ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुरले ५९४४ मत मात्र प्राप्त गरेका छन् ।

जसपाका यादवभन्दा दोब्बरभन्दा बढी मतसहित डा.राउतले अग्रता बनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ