सप्तरी, ७ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत दोब्बरभन्दा बढी मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
जनमतका अध्यक्ष राउत ३५ हजार ४२ मतसहित सप्तरी निर्वाचन क्षेत्र नं. २ मा विजयी भएका हुन् ।
यता, डा.राउतका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले १६९७९ मत प्राप्त गरेका छन् ।
डा.राउत १८ हजार ६३ मतान्तरले विजयी भएका हुन् ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका छन् ।
तपाईको प्रतिक्रिया