आगलागीमा परेर तीन बालबालिकाको मृत्यु

समाचार

रौतहट, ८ मंसिर । गौर नगरपालिका–१ गौर बस्ने ईश्लाम मियाँको घरमा रहेको कपास, सिरक, डस्नाको गोदाममा बुधबार राति आगलागी हुँदा सोही ठाउँ बस्ने महम्द ईश्लाम मियाँकी छोरी ९ वर्षीया रोक्शाना खातुन सहित ३ जना बालबालिकाको आगलागीमा परी जलेर मृत्यु भएको छ ।

साथै आगलागीमा परी गम्भीर घाइते भएका २ जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ ।

साथै भाग्ने क्रममा घाइते भएका सोही ठाउँ बस्ने रसुल मियाँकी छोरी २४ वर्षीया नसिमा खातुनको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ ।

आगलागीबाट सिरक, डस्ना, घर टहरा, सिरक बनाउने मेसिन, संगै रहेको मोटरसाइकल ग्यारेजमा रहेको २० वटा मोटरसाइकल र मोटरसाइकल रिपेयरिङको सामानहरु समेत करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ