दुई किलो गाँजासहित युवक पक्राउ

समाचार

सर्लाही, २२ मंसिर । रामनगर गाउँपालिका–१ जिलेविया चोकबाट दुई किलो गाँजासहित एक युवक पक्राउ परेका छन् ।

अवैध लागूऔषध गाँजा करिब २ केजी सहित सोही ठाउँ बस्ने ३२ वर्षीय राकेश सहनीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बहुअर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ