मोरङ, २२ मंसिर । सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा को.३७ प ३२०९ नम्बरको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
पैदलयात्री सोही नगरपालिका–७ बस्ने ६५ वर्षीय बल बहादुर कार्कीको बिहीबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया