धनुषा, २२ मंसिर । क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ ।
मिथिला नगरपालिका–२ नक्टाझिज बस्ने हिरालाल महतोको हिरा इलेक्ट्रोनिक पसलमा विद्युत सर्ट भई आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया