धनुषा ३ मा लोसपाा पराजयबारे समीक्षा हुँदै

समाचार

जनकपुरधाम, २२ मंसिर । मधेश प्रदेशको धनुषा निर्वाचन क्षेत्र नं. ३ मा ललोकतान्त्रिक समाजवादी पार्टी नेपालको भएको पराजयबारे समीक्षा सुरु गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो ।

यसपटकको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लड्का थिए । तर धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुवै जना पराजित भए ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ