दिनेश ठाकुर, नेपालगञ्ज, १९ माघ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएर गठन भएको राष्ट्रिय स्वराज पार्टीले पहिलो जिल्ला समिति बाँकेबाट बिस्तार गरेको छ ।
बाँके जिल्ला अध्यक्ष अब्दुल कादिर साईको संयोजकत्वमा ३१ जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ । जसमा तीन जना उपाध्यक्ष ताहिर राई, राम निवास शाहू, सकिल जसगड रहेका छन् ।
राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेषको आतिथ्यतामा प्रमुख अतिथि भएको कार्यक्रम मार्फत कमिटिको सचिवमा चन्द्र कुमार गोडिया तथा उपसचिवमा बच्छराज चौहान सहित ३१ जनाको जिल्ला समिति चयन गरिएको छ ।
कार्यक्रममा विशिष्ट अतिथी उपसंयोजक चन्द्र शेखर सुनार, केन्द्रीय सचिव राजा सिंह सरदार, केन्द्रीय महिला नेतृ केन्द्रीय सदस्य जोया शेष, केन्द्रीय सदस्य रीता खटिक लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
संरक्षक रियाज अहमद शेषको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक नेता जाबिर हल्वाईले संचालन गरेका थिए ।
तपाईको प्रतिक्रिया